बिक्रम सम्बत २०१७ साल बैशाख १४ गते प्राथमिक बिद्यालयको रुपमा शुरु भएको यस श्री महेन्द्र माध्यमिक बिद्यालय प्रती बर्ष कक्षा बृद्दी हुँदै २०२१ सालमा निम्न माध्यमिक बिद्यालयको स्विकृती लिन सफल भएको र २०२५ सालमा माध्यमिक बिद्यालय बनाउन नवौ कक्षा शुरु गरिएको र २०२६ सालको शैक्षिक सत्रबाट दशौ कक्षा शुरु गरिएको हो । यसर्थ पनि यस श्री महेन्द्र माध्यमिक बिद्यालय भलाम, पोखरा लेखनाथ महानगरपालिका वडा न २० मा अवस्थित कास्की जिल्ला कै पुरानो मध्यको एउटा सामुदायिक बिद्यालय हो । पुर्ण अङ्ग्रेजी माध्यममा पढाई हुने यस बिद्यालयमा कक्षा ९ बाट साधारण एवम् प्राबिधिक गरी दुइ धार सन्चालित छन् । कास्की जिल्ला क्षेत्र नम्ब र दुइ अन्तर्गत प्राबिधिक धार सन्चालन भएको एक मात्र बिद्यालय र बाली बिज्ञान बिषयमा कक्षा ९ देखी १३ सम्म सन्चालन हुने जिल्लाकै एक मात्र बिद्यालय हो ।

प्रधानाध्यापकको भनाई

यस श्री महेन्द्र माध्यमिक बिद्यालय भलाम्, पोखरा लेखनाथ महानगरपालिका वडा न २० मा अवस्थित कास्की जिल्ला कै पुरानो मध्यको एउटा सामुदायिक बिद्यालय हो । पुर्ण अङ्ग्रेजी माध्यममा पढाई हुने यस बिद्यालयमा कक्षा ९ बाट साधारण एवम् प्राबिधिक गरी दुइ धार सन्चालित छन् । कास्की जिल्ला क्षेत्र नम्ब र दुइ अन्तर्गत प्राबिधिक धार सन्चालन भएको एक मात्र बिद्यालय र बाली बिज्ञान बिषयमा कक्षा ९ देखी १३ सम्म सन्चालन हुने जिल्लाकै एक मात्र बिद्यालय हो । गुणस्त रियताको मापदण्डको रुपमा हेरिने प्रबेशिका परीक्षा एवम् माध्यमिक शिक्षा परीक्षामा समुदायिक माध्यमिक बिद्यालयहरु मध्य जिल्लाकै ५ वटा भित्र भएको नतिजा रही आएको छ । आउँदा बर्षहरुमा यो स्कूलको भविष्य उज्ज्वल रहेकोमा म बिश्वस्त छु ।

हाम्रो बारेमा

वि‌. स‌. २०१७ सालमा स्थापना भएकाे यस विद्यालयले विभिन्न क्षेत्रमा याेगदान दिदै अाएकाे छ साथै प्राध्यापक, डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, प्रशासन, सुरक्षा, ब्यापार साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारीको विविध क्षेत्र लगाएत राजनीति तथा समाजसेवाको क्षेत्रमा योग्य नागरिक उत्पादन गरिसकेको छ । साथै कास्की जिल्लाको शैक्षिक सूचाङ्कमा अग्रणी स्थानमा रहेको छ । प्रवेशिका परीक्षा बोर्डमा आठौं स्थान प्राप्त गरि राष्ट्रिय रुपमा पहिचान बनाएको यस विद्यालयले विगतमा ब्यबसायिक शिक्षा मार्फत कृषिको क्षेत्रमा उन्नत प्रविधि भित्राउदै अन्नखेती, बागबानी र करेसाबारीको क्षेत्रमा पुर्याएको योगदान अमिट प्रभाव अहिलेसम्म यस क्षेत्रमा विद्यमान छ । कृषि र विज्ञान एवम् बाणिज्य र शिक्षा विषय मध्ये दुइओटा धारमा उच्च माध्यमिक तहको संचालन, विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनको ब्यबस्था, गुणस्तरिय शिक्षाका न्यूनतम मापदण्डको निर्धारण, लिडर विद्यालयको लक्ष्य र उध्देश्य बमोजिम फिडर विद्यालयको पठनपाठन ब्यबस्थापन, विद्यालयको समग्र पक्षमा योजनाबद्ध सुधार सहितको अल्पकालिन, दीर्घकालिन निर्माण र कार्यान्वयन, स्वच्छ निश्पक्ष र पारदर्शी ब्यबस्थापन, हस्तक्षेपरहित विशुद्ध शैक्षिक वातावरण, दक्ष र सीपयुक्त जनशक्तीब्यबस्था, स्रोत र साधनको समुचित प्रयोग, निर्णय प्रक्रियामा सामुहिक सहभागिता, आचारसंहिताको निर्माण र प्रयोग जस्ता विविध क्षेत्रमा आमूल परिवर्तन र सुधार गर्नु नै यस विद्यालयको सबल पक्ष हो ।

हाम्रा सेवाहरु

पुर्ण अङ्ग्रेजी माध्यममा पढाई हुने यस बिद्यालयमा कक्षा ९ बाट साधारण एवम् प्राबिधिक गरी दुइ धार सन्चालित छन् । कास्की जिल्ला क्षेत्र नम्बर दुइ अन्तर्गत प्राबिधिक धार सन्चालन भएको एक मात्र बिद्यालय र बाली बिज्ञान बिषयमा कक्षा ९ देखी १३ सम्म सन्चालन हुने जिल्लाकै एक मात्र बिद्यालय हो । गुणस्तरियताको मापदण्डको रुपमा हेरिने प्रबेशिका परीक्षा एवम् माध्यमिक शिक्षा परीक्षामा समुदायिक माध्यमिक बिद्यालयहरु मध्य जिल्लाकै ५ उत्कृष्ट विद्यालयभित्र भएको नतिजा रही आएको छ । यसका अतिरिक्त यस विद्यालयमा निम्न सुविधाहरु उपलब्ध छन् ।


‍ ‌+२ तर्फ ब्यबस्थापन र शिक्षा

माध्यमिक तर्फ (१—१०) शिक्षा र इच्छाधिन गणित

कम्प्युटर शिक्षा लाइब्रेरी

विज्ञान प्रयोगशाला

पुर्व प्राथमिक कक्षा आदि ।

Mahendra Secondary School l Pokhara-20, Bhalam, Kaski Nepal l Best school in Pokhara Lekhnath, Nepal Mahendra Secondary School l Pokhara-20, Bhalam, Kaski Nepal l Best school in Pokhara Lekhnath, Nepal Mahendra Secondary School l Pokhara Lekhnath-20, Bhalam, Kaski Nepal l Best school in Pokhara Lekhnath, Nepal